Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

कांग्रेस वेबसाइटबाट हटे तीन पदाधिकारीको नाम

कांग्रेस वेबसाइटबाट हटे तीन पदाधिकारीको नाम

काठमाडौँ: नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षीय केन्द्रीय कार्यसमितिले बुधबारको बैठकले तीन पदाधिकारीको नाम पार्टीको वेबसाइटबाट हटाएको छ।

समितिले पाँच वर्षसम्म साधारण सदस्य पनि नरहने गरी हटाएका पदाधिकारीमा महामन्त्री गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुर रहेका छन्।

पार्टीको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनमा गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको थियो। नयाँ समितिमा शर्मा उपसभापति र मन्सुर सहमहामन्त्री पदमा चयन भएका छन्।

कांग्रेस वेबसाइटमा नाम हटाउने कदमले पार्टी भित्रको नेतृत्व पुनर्संरचना र आधिकारिकता पुष्टि गरेको विश्लेषकहरूले बताएका छन्।

615499928_1084236420465207_7471082274420823325_n_uwtwEXlPcY.png
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij