चितवन : देवघाटको बेनीमा बाँसको लिङ्गो ठड्याएसँगै माघेसङ्क्रान्ति मेला औपचारिक रूपमा सुरु भएको छ।
चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटधाममा प्रत्येक वर्ष लाग्ने यो मेला माघेसङ्क्रान्तिको मुख्य धार्मिक आकर्षणका रूपमा लिइन्छ। लिङ्गो ठड्याउने परम्परासँगै मेलाको शुभारम्भ भएको हो।
मेलाको उद्घाटन अवसरमा बेनीस्थित गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरी, नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती, महेश सन्न्यास आश्रमका पीठाधीश रमणानन्द गिरी, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष ईश्वरीराज लौडारी, कार्यकारी निर्देशक सदन बराल, समितिका सदस्यहरू तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।
मेलाको सुरक्षाका लागि सम्पूर्ण तयारी पूरा गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो। उहाँका अनुसार मेला अवधिभर शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन तथा आपतकालीन सेवाका लागि आवश्यक व्यवस्था मिलाइएको छ।
यस वर्ष माघेसङ्क्रान्ति मेलामा करिब तीन लाख भक्तजन सहभागी हुने अनुमान गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij