Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

नेपाली कम्युनिस्ट पार्टीसँग पार्टी एकीकरण हुँदैन : कुलमान घिसिङ

नेपाली कम्युनिस्ट पार्टीसँग पार्टी एकीकरण हुँदैन : कुलमान घिसिङ

काठमाडौँ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी अन्य कुनै पनि दलसँग एकीकरण हुने हल्ला भ्रामक र असत्य भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत पार्टी एकीकरणबारे चलेका हल्लाको खण्डन गरेका हुन्।

घिसिङले आफ्नो नाम र पार्टीलाई जोडेर अन्य दल, विशेष गरी नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने प्रचार पूर्ण रूपमा निराधार रहेको स्पष्ट पारेका छन्। बजारमा चलेका यस्ता हल्लामा कुनै सत्यता नरहेको उनको भनाइ छ।

उनले उज्यालो नेपाल पार्टी कुनै पनि शक्तिसँग विलय नभई आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अघि बढिरहेको बताए। भविष्यमा पनि पार्टीले सोही बाटो अवलम्बन गर्ने उनले उल्लेख गरेका छन्। घिसिङले यस्ता निराधार र भ्रम फैलाउने समाचारको पछि नलाग्न र त्यसमा विश्वास नगर्न सबैलाई आग्रह समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट