काठमाडौँ :नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बस्दैछ।केन्द्रीय कार्यसमितिको बैठक बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी गराए।
आइतबार ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिएको भए पनि केही छलफल र तयारी आवश्यक भएकाले बुधबार लागि सारिएको उनले जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij