Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

प्रधानमन्त्री र दुर्गा प्रसाईंबिच वार्ता हुँदै

प्रधानमन्त्री र दुर्गा प्रसाईंबिच वार्ता हुँदै

काठमाडौँ :  फागुन १ गतेदेखि आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईंसँग प्रधानमन्त्री सुशीला कार्कीले पुनः वार्ता गर्ने भएकी छन् ।राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंसँग माघ २ गते द्विपक्षीय वार्ता हुने प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले प्रसाईंलाई वार्ताको समय तोकिएको जानकारी सहित पत्राचार गरेका हुन् । यसअघि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग प्रसाईंले ३ पटक वार्ता गरिसकेका छन् ।प्रसाईंले हिन्दुधर्म, सङ्घीयता र राजतन्त्रबारे जनमत संग्रह गर्नुपर्ने माग माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij