Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

रोजगारीका लागि भारत गएका दुई परिवारका ९ सदस्यको आगलागीमा परेर मृत्यु

रोजगारीका लागि भारत गएका दुई परिवारका ९ सदस्यको आगलागीमा परेर मृत्यु

सुर्खेत : रोजगारीका सिलसिलामा भारत गएका सल्यानका दुई परिवारका ९ जनाको आगलागीमा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान शिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्यहरू छन् ।

उक्त वडाका वडाध्यक्ष मेक बहादुर बुढाथोकीका अनुसार मृत्यु हुनेमा स्थानीय धन बहादुर विक, कविता विक, राधा विक, रेनुका विक, राजन विक, काशिरम कामी, अनु विक, टिका विक र किरण विक रहेका छन् ।
यी एउटै स्थानका दुई परिवारका सदस्यहरू हुन् ।

उनीहरू रोजगारीको सिलसिलामा भारतको हिमाञ्चल प्रदेशको सोलोन जिल्लाको अर्की भन्ने बजारमा काम गर्थे, पुस २७ गते उनीहरू आगलागीमा परेर मृत्यु भएको वडाध्यक्ष बुढाथोकीले जानकारी दिए । यद्यपि आगलागीको कारण भने नखुलेको वडाध्यक्षले बताए । आफ्ना नागरिकको मृत्यु भएपछि वडा कार्यालयले मंगलबार शोक बिदा घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij