Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

क्यान्सर पीडित बिरामीका लागि निःशुल्क अटो सेवा सञ्चालन गर्दै आएका युवालाई अटो हस्तान्तरण

क्यान्सर पीडित बिरामीका लागि निःशुल्क अटो सेवा सञ्चालन गर्दै आएका युवालाई अटो हस्तान्तरण

भरतपुर : भरतपुरमा क्यान्सर पीडित बिरामीलाई बिहानको समयमा अस्पतालसम्म निःशुल्क अटो सेवा प्रदान गर्दै आएका ठोरी गाउँपालिका–१ दिपकनगरका युवा आकाश अर्याललाई अटो हस्तान्तरण गरिएको छ ।

लामो समयदेखि निःशुल्क रूपमा बिरामी ओसारपसार गर्दै आएका अर्याललाई आफ्नो सामाजिक सेवालाई निरन्तरता दिन सहयोग स्वरूप ठोरी गाउँपालिका तथा स्थानीय युवा दाताहरूको सहयोगमा करिब ६ लाख रुपैयाँ मूल्य बराबरको अटो उपलब्ध गराइएको हो ।

ठोरी गाउँपालिकाले ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो भने बाँकी ३ लाख रुपैयाँ ठोरीका ५४ जना युवा दाताबाट संकलन गरिएको थियो । भरतपुर महानगरपालिका–९ स्थित मिस्ट गार्डेनमा आयोजित एक कार्यक्रमका बीच आज उक्त अटो हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले भरतपुरमा रहेर ठोरीका युवाले गरेको यो सामाजिक कार्यको खुलेर प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij