Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

साहित्यिक पत्रकार अधिकारीको निधन

साहित्यिक पत्रकार अधिकारीको निधन

काठमाडौँ : साहित्यिक पत्रकार अच्युतरमण अधिकारीको निधन भएको छ। सोमबार अपराह्न अनामनगरस्थित आफ्नै निवासमा उनको निधन भएको हो।७४ वर्षीय उनी अल्जाइमर्सबाट पीडित थिए। पछिल्लो समय उनमा स्नायुसम्बन्धी समस्या पनि देखिएको साहित्यकार तथा शब्दपथ अनलाइन पत्रिकाका सम्पादक किशोर पहाडीले जानकारी दिए।

उनले लामो समयसम्म ‘उन्नयन’ त्रैमासिक सम्पादन तथा प्रकाशन गरेका थिए।साहित्यिक पत्रकारिताको अतिरिक्त साहित्यमा उनी समालोचना पनि लेख्थे। उनको ‘विवेचनै विवेचना’ समालोचना सङ्ग्रह प्रकाशित छ। त्यसबाहेक फुटकरमा निबन्ध, कविता र गीत पनि लेखेका छन्।

उनले लामो समय पद्मकन्या क्याम्पसमा प्राध्यापन पनि गरेका थिए। पशुपतिस्थित आर्यघाटमा सोमबार नै उनको अन्त्येष्टि गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij