काठमाडौँ : महिला अधिकारकर्मी, समाजसेवी तथा राजनीतिमा सक्रिय व्यक्तित्व संगिता भट्टराई रेग्मीले जीवन बीमा क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेकी छन् । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत बीमा अभिकर्ताको रूपमा प्रवेश गरेकी रेग्मी छोटो समयमै सयौँ परिवारलाई आर्थिक सुरक्षाको दायरामा ल्याउन सफल भएकी हुन् ।
उनले बीमा क्षेत्रमा देखाएको कार्यकुशलता, लगनशीलता र प्रतिबद्धताका कारण आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा आफूलाई अब्बल “बीमा अभियन्ता” का रूपमा प्रमाणित गरेकी छन् । यही उत्कृष्ट उपलब्धिको परिणामस्वरूप उनी विश्वभरका उत्कृष्ट वित्तीय सल्लाहकारहरूको छाता संगठन Million Dollar Round Table (MDRT) को सदस्यताका लागि सन् २०२६ का लागि न्यूरोड शाखाबाट MDRT Qualified हुन सफल भएकी हुन् ।
महिला सशक्तीकरण, सामाजिक सेवासँगै वित्तीय साक्षरतामा समेत योगदान दिँदै आएकी रेग्मीलाई बीमा क्षेत्रमा “उदीयमान तारा” का रूपमा हेरिएको छ। उनको यो सफलता नेपाली बीमा क्षेत्रमा मात्र नभई महिला पेशागत नेतृत्वका लागि पनि प्रेरणादायी मानिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij