काठमाडौं : सरकारले गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागमा रिक्त रहेका पदमा दुई डिआइजी र तीन एसएसपीको बढुवा गरेको छ। गृह सचिवको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिको सिफारिसअनुसार शुक्रबार गृह मन्त्रीस्तरीय निर्णयबाट बढुवा गर्ने निर्णय भएको हो।
स्रोतका अनुसार डिआइजी पदमा राजन उप्रेती र नवीन अधिकारी बढुवा भएका छन्। यस्तै, एसएसपी पदमा टीका पोखरेल, टेकराज तिमिल्सिना र उत्तम खनाल बढुवा भएका हुन् । यसअघि विभागमा लामो समयदेखि रिक्त रहेको विभागको अतिरिक्त अनुसन्धान निर्देशक (एआईजी) पदमा २१ पुष गते ओमबहादुर खड्कालाई बढुवा गरिएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij