Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

डोटीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

डोटीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

डोटी : डोटीमा मोटरसाइकलको ठक्करबाट एक जना वृद्ध महिलाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका- १० बानेडुग्रीसैनस्थित केआई सिंह राजमार्गमा दुर्घटना हुँदा स्थानीय ६८ वर्षीया तारादेवी बलायरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । धनगढीबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र ०१ ०१३ प ८१२८ नम्बरको मोटरसाइकलले शुक्रबार दिउँसो बाटो काट्ने क्रममा पैदलयात्री बलायरलाई ठक्कर दिएको थियो ।

दिपायल सिलगढी नगरपालिका-२ घर भएका २६ वर्षीय मोहन बोगटीले चलाएको मोटरसाइकलको ठक्करबाट उनको टाउको, खुट्टा तथा अनुहारमा चोट लागेकाले उपचारका लागि डडेल्धुरा अस्पतालमा पठाइएकामा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij