ताप्लेजुङ : गत मङ्सिर अन्तिम सातादेखि बन्द रहेको ७३ मेगावाट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु भएको छ।
पावरहाउस र अन्य उपकरणमा देखिएका प्राविधिक समस्या समाधान भएपछि उत्पादन सुरु भएको कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिए। उनले भने, “केही उपकरणमा प्राविधिक समस्या देखिएकै समयमा वार्षिक नियमित मर्मतसम्भार समेत सम्पन्न गरी विद्युत् उत्पादन फेरि सुरु गरिएको हो।”
सानिमा मिडल तमोर हाइड्रोपावर करिब दुई वर्षअघि सञ्चालनमा आएको आयोजनाबाट उत्पादित विद्युत् वसन्तपुर सबस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ। यस आयोजनाको क्षमता जिल्लामा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा बढी रहेको छ।
विद्युत् उत्पादन सुरु भएपछि ताप्लेजुङमा र आसपासका क्षेत्रमा विद्युत् आपूर्तिमा सहजता आउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij