काठमाडौँ : वीरगञ्ज महानगरपालिकामा आज साँझ ६ बजेदेखि मंगलवार विहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी भएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले अहिले साँझ ६ बजेदेख कर्फ्यू आदेश जारी गरिएको थाहाखबरलाई जानकारी दिए।
उनका अनुसार पूर्व बाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तर पावरहाउस चोक र दक्षिण शंकराचार्य चोकभित्र चार किल्ला तोकेर कफ्यू आदशे जारी भएको हो।उक्त आदेशमा सुरक्षाकर्मीबाट गोलीसमेत हान्न सक्ने भएकाले अत्यावश्यकबाहेक घर बाहिर ननिस्किन स्थानीय प्रशासनले सबैमा अनुरोध गरेको छ।
धार्मिक एवं सामाजिक विषयमा दुई समुदायबीच तनाव बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदशे जारी गरिएको हो। यसअघि दिउँसो निषेधको आदेश जारी भएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij