Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

मकवानपुरमा सुमो दुर्घटना हुँदा ९ जना घाइते, सातको अवस्था गम्भीर

मकवानपुरमा सुमो दुर्घटना हुँदा ९ जना घाइते, सातको अवस्था गम्भीर

मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आइतबार साँझ करिब साढे ५ बजे काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको हो।

सुमोमा सवार ९ जनालाई प्रहरी तथा स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि हेटौँडा पठाइएको प्रहरीले जनाएको छ। ६ पुरुष र एक महिला घाइतेमध्ये दुई बालबालिका छन्।

प्रारम्भिक जानकारीअनुसार ७ जनाको अवस्था गम्भीर र २ जना बालबालिकाको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार घाइतेहरुको पहिचान खुल्न बाकी छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij