Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

सिन्धुलीमा पिकअप गाडीको ठक्करले पैदलयात्रीको मृत्यु

सिन्धुलीमा पिकअप गाडीको ठक्करले पैदलयात्रीको मृत्यु

काभ्रेपलाञ्चोक : सिन्धुलीको दुधौली– ४ कमलाखोचस्थित मदन–भण्डारी राजमार्गमा पिकअप गाडीले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बिहान काठमाडौंबाट कटारी तर्फ जाँदै गरेको प्र.१–०२–००२ च ५४२५ नम्बरको कुरियर लोड पिकअप गाडीले पैदलयात्रीलाई ठक्कर दिएको हो । मृत्यु हुनेमा दुधौली– १ गिजियानी बस्ने अन्दाजी ६०/६५ वर्षका मोहन धामी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

गाडीको ठक्करबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो । उपचारका लागि स्थानिय कमलाखोच अस्तपाल लगेका थिए । त्यहाँबाट थप उपचारको लागि नगर अस्पताल सिर्थौली पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

ठक्कर दिने पिकअप र चालक झापा सिवसतासी नगरपालिका–७ घर भएका २९ वर्षीय अविशेक अधिकारीलाई इलाका प्रहरी कार्यालय डकाहाको नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij