Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

रवि र छविले रुपन्देही जिल्ला अदालतमा तारेख लिए

रवि र छविले रुपन्देही जिल्ला अदालतमा तारेख लिए

बुटवल । बुटवलको सुप्रिम सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार जिल्ला अदालत रुपन्देहीमा तारेख लिएका छन् ।चितवन हुँदै रुपन्देही आएका लामिछानेले आज साँझ अबेरतिर अदालतबाट तारेख बुझेको हुन् । जिल्ला अदालत रुपन्देहीका चलिरहेको सहकारीको रकम ठगीसम्बन्धी मुद्दामा लामिछानेसँगै पूर्वडीआइजी छविलाल जोशीले पनि तारेख बुझेका जिल्ला अदालत रुपन्देहीका तहसिलदार कृष्णप्रसाद पौडेलले  बताए ।

उनले भने, 'उक्त मुद्दामा दुवै जनाले आज साँझ अबेरतिर तारेख बुझ्नुभएको छ ।' उच्च अदालत तुलसीपुरको आदेशबाट धरौटीमा छाड्ने आदेश दिएपछि हालै लामिछाने र जोशी कारागारबाट छुटेका थिए, उक्त मुद्दाको तारेख माघ १८ गते तोकिएको छ । यसअघि आजै लामिछानेले चितवन अदालतमा पनि तारेख बुझेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij