Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

तीन महिना भारतमा उपचार गराएर फर्किन् पूर्वप्रधानमन्त्री खनालकी श्रीमती

तीन महिना भारतमा उपचार गराएर फर्किन् पूर्वप्रधानमन्त्री खनालकी श्रीमती

काठमाडौंँ  : जेनजी आन्दोलनका क्रममा घरमै आगजनी गरेर जलाइएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार स्वदेश फर्किएकी छन्।करिब तीन महिनासम्म भारतमा उपचार गरेर स्वास्थ्य लाभ गरी आज स्वदेश फर्किएकी पूर्वप्रधानमन्त्री खनालको पारिवारिक स्रोतले जानकारी दिएको छ।

उनको भारतको एपोलो अस्पतालमा उपचार भएको हो।भदौ २४ गते जेनजी आन्दोलनकारीले घरमा आगो लगाउँदा उनी घरसँगै जलेर गम्भीर घाइते भएकी थिइन्। लगत्तै उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा चित्रकारको देब्रेहात काटिएको छ।बर्न अस्पतालको आईसीयूमा लामो सयम राखेर उपचार गरेपछि उनको स्वास्थ्यमा केही सुधार भएको थियो। तर, उपचारकै क्रममा फेरि निमोनियाको संक्रमण फैलिन थालेको थियो।

त्यसपछि उनलाई असोज ७ गते भारत लगिएको थियो।७० वर्षकी चित्रकारको शरीरको १७ प्रतिशत भाग जलेको चिकित्सकले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij