Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

मेयर बालेनले दिए मानव अधिकार आयोग पुगेर बयान

मेयर बालेनले दिए मानव अधिकार आयोग पुगेर बयान

काठमाडौँ :  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय मानव अधिकार आयोग समक्ष बयान दिएका छन्।आयुक्त लिली थापाको संयोजकत्वमा समिति बनाएर आयोगले भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धान गरिरहेको छ। अनुसन्धानको क्रममा शाहलाई आयोगमै बोलाएर सोधपुछ गरिएको एक अधिकारीले जानकारी दिए।

भदौ २३ र २४ गतेको आन्दोलन गराउन र विध्वंस मच्चाउन शाहको समेत भूमिका रहेको दाबी गरिँदै आइएको छ।उनले सामाजिक सञ्जालमार्फत युवाहरुलाई भड्काउने काम गरेको आरोप छ। त्यस्तै राज्यका संवेदनशील ठाउँमा आगलागी हुँदा पनि समयमै दमकल नपठाएको विषयमा पनि आयोगले चासो राखेको स्रोतले बतायो।

आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले घटनाबारे विभिन्न व्यक्तिहरुलाई भेटेर सोधपुछ गर्ने काम भइहरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij