काठमाडौं : पौष ६ गते आइतबारदेखि सप्तरीको तिरहुबाट हराइरहेका चार जना बालबालिकालाई पौष ७ गते सोमबार सशस्त्र प्रहरीले फेला पारेको छ। उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश भारदहको सुरक्षा फौजले सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका–१ कोशी व्यारेजबाट फेला पारेको हो।फेला परेकाहरूमा सोही जिल्लाको तिरहुत गाउँपालिका–३ गोईठी बस्ने अन्दाजी ७ की श्रृष्ठी कुमारी सरदार, ७ वर्षीय कुमारी सरदार, ८ वर्षिया आरोसी सरदार र ६ वर्षीय कृष्ण सरदार छन्।
उनीहरूलाई गस्तीमा रहेको सुरक्षा फौजले शंका लागि सोधपुछ गर्दा आफ्नो घर ठेगाना तथा कहाँ केको लागि जान हिँडेको भन्ने समेत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको थियो। आफूखुसी घरबाट हिँडेको र अलपत्र अवस्थामा फेला परेका बालबालिकाहरूलाई नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि तथा बासिन्दाको रोहबरमा उनीहरूको अभिभावकको जिम्मा लगाई पठाइएको छ। उनीहरूलाई कसैले ललाई फकाई गरेर ल्याएको हुनसक्ने अनुमान गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij