Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

बङ्गलादेशमा हिन्दु युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बङ्गलादेशी दूतावास घेराउ

बङ्गलादेशमा हिन्दु युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बङ्गलादेशी दूतावास घेराउ

काठमाडौँ  :  बङ्गलादेशमा जिहादी समूहद्वारा हिन्दु युवा दीपु चन्द्र दासको निर्मम हत्या गरिएको घटनाको विरोधमा राष्ट्रिय एकता अभियानले काठमाडौँस्थित बङ्गलादेशी दूतावास घेराउ गर्दै सोमबार विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीहरूले “अल्पसंख्यकको सुरक्षा ग्यारेन्टी गर”, “मानवअधिकारको सुरक्षा गर”, “हिन्दुको हत्या बन्द गर” जस्ता नारा लगाउँदै बङ्गलादेश सरकारको कडा आलोचना गरेको छ ।साथै “मोहम्मद युनुस सरकार मुर्दावाद”, “बङ्गलादेश मुर्दावाद”, “बङ्गलादेश दूतावास खारेज गर” जस्ता नारासमेत लगाइएका थिए ।राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बङ्गलादेश सरकार अल्पसंख्यकको सुरक्षामा पूर्ण रूपमा असफल भएको आरोप लगाए ।

उनले भने, “हिन्दु समुदायमाथि लक्षित हिंसा राज्यकै कमजोरी र संरक्षणबिना सम्भव हुँदैन । यदि तत्काल अल्पसंख्यकको सुरक्षा सुनिश्चित गरिएन भने अन्तर्राष्ट्रिय स्तरमा दबाब सिर्जना गरिनुपर्छ ।”यादवले नेपाल सरकारलाई पनि कुटनीतिक माध्यमबाट बङ्गलादेश सरकारसमक्ष कडा आपत्ति जनाउन आग्रह गरे ।

प्रदर्शन शान्तिपूर्ण भए पनि वातावरण तनावपूर्ण बनेको थियो । प्रदर्शनकारीहरूले बङ्गलादेश सरकार प्रमुख मोहम्मद युनुसको तस्बिर जलाएका थिए ।राष्ट्रिय एकता अभियानले यस्ता अमानवीय घटनाविरुद्ध निरन्तर आवाज उठाउने र आवश्यक परे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij