Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री

सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री

रौतहट :  रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरुलाई एक संस्थाले आगो निभाउनमा उपयोग गरिने सामग्री उपलब्ध गराएको छ ।साेमबार चन्द्रनिगाहपुरमा ग्रामीण विकास केन्द्र नामक संस्थाले ११ वटा सामुदायिक वन उपभोक्ता समूहहरुलाई ती सामग्री हस्तान्तरण गरेको हो ।

जलवायु जोखिम तथा सङ्कटका लागि सामुदायिक उत्थानशील परियोजनाअन्तर्गत अक्सफाम नेपालको सहयोगमा ती सामुदायिक वन उपभोक्ता समूहहरुलाई आगो निभाउने सामग्री हस्तान्तरण गरिएको आयोजक ग्रामीण विकास केन्द्रका अध्यक्ष डा. पारस हुसेनले जानकारी दिए ।

प्रत्येक सामुदायिक वन उपभोक्ता समूहहरुलाई बेल्चा, टर्च, भ्याटभ्याटे, रेक, बाल्टिन, हेल्मेट, पञ्जा, ट्रक पेटी गरी करिब ५० हजार मूल्य बराबरको सामान हस्तान्तरण गरेको जलवायु जोखिमका लागि सामुदायिक उत्थानशील परियोजनाका कार्यक्रम संयोजक चिरञ्जिबी महतोले जानकारी दिए।सामग्री बुझ्दै सखुवानी सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर–२ का अध्यक्ष भीमबहादुर केसीले आफ्नो वन क्षेत्रमा लागेको आगो निभाउन यी सामग्रीले ठूलो सहयोग पुग्ने बताए ।

चैत/वैशाखमा सामुदायिक वनहरुमा डढेलो लाग्ने भएकाले अहिले नै पूर्वतयारीका रुपमा सामग्री हस्तान्तरण गरिएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij