Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

१ सय २२ जेष्ठ नागरिक र अपाङ्गता भएकालाई वडाकाे सहयाेग

१ सय २२ जेष्ठ नागरिक र अपाङ्गता भएकालाई वडाकाे सहयाेग

सल्यान : त्रिवेणी गाउँपालिका–४ ले वडाभित्रका १ सय २२ जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सम्मान स्वरुप अण्डा र हर्लिक्स वितरण गरेको छ । पोषणमा सहयोग पुर्याउने उद्देश्यले वडा कार्यालयले जेष्ठ नागरिकलाई एक/एक क्यारेट अन्डा र हर्लिक्स वितरण गरेको हो ।

पछिल्लो समय युवा पुस्ता बैदेशिक रोजगारीमा गएका र घरमा जेष्ठ नागरिक स्याहारको अभाबमा पोषिलो खानेकुराबाट बञ्चित हुँदा स्वास्थ्यमा पोषणको कमी देखिन थालेपछि जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिलाई एक/एक क्यारेट अन्डा र हर्लिक्स वितरण गरेको वडाध्यक्ष छविकुमार शर्माले बताए ।

जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण समेत गरिएको उनले जानकारी दिए । वडाले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरेर जेष्ठ नागरिकलाई सम्मान र सहयोग गर्दै आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij