सिन्धुली : कमलामाई नगरपालिका-६ धुराबजारस्थित एक घरमा आइतबार आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।स्थानीय ६२ वर्षीय दुर्गामान बम्जनको घरमा भान्साकोठाभित्र आगलागी हुँदा उनकी बुहारी ३२ वर्षीया सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।
उनका अनुसार दुर्गामान बम्जनको दाहिने हात, दाहिने खुट्टा र ढाड जलेको र जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ। दिउँसो खाजा खाने समयमा बुहारीलाई आगो लागेको देखेपछि निभाउन खोज्दा ससुरालाई पनि आगोले पोलेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
घटनाका बेला घरमा मृतक सुशीला, उनका सासू, ससुरा र नन्द घरमा नै भएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए।
मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् भने उहाँका दुई छोरा र एक छोरी छन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको सुवेदीले जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij