काठमाडौँ : ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वातावरण विभागको संयुक्त टोलीले आइताबार थानकोटमा गरेको जाँचका क्रममा मापदण्डभन्दा बढी धुँवा फाल्ने सवारीसाधनका चालकलाई काराबाही गरेको हो ।कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले ६० सवारीसाधन जाँच गर्दा मापदण्डभन्दा बढी धुँवा फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरिएको राससलाई जानकारी दिए ।
मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन चलाउँदा वायु प्रदूषण बढ्न गई मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्न जाने भएकाले सवारीसाधनको अवस्था जाँच गरी दुरुस्त अवस्थामा रहेका सवारीसाधन मात्र चलाउन ट्राफिक प्रहरीले सम्पूर्ण चालकलाई अनुरोध गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij