Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

बाबुराम भट्टराई आज भारत जाने

बाबुराम भट्टराई आज भारत जाने

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार भारत प्रस्थान गर्दैछन्। भारतमा रहँदा क्रममा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिसँग भेटघाट र छलफल गर्ने उनको सचिवालयले जनाएको छ।भट्टराई भारतको प्रतिष्ठित शिक्षण संस्था आईआईटी बम्बईमा आयोजना हुने टेकफेस्टमा सहभागी भई उनले ‘दक्षिण एसियाको लोकतान्त्रिक भविष्य : युवा, प्रविधि र समावेशी लोकतन्त्र’  विषयमा विशेष सम्बोधन पनि गर्नेछन्।

नयाँ दिल्लीस्थित इण्डिया इन्टरनेसनल सेन्टरमा साउथ एसियन फोरम फर पिपुल्स इनिसिएटिभले आयोजना गर्ने विशेष कार्यक्रममा उनी प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।उनी पुस ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको  सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij