Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

दार्चुला : दार्चुलाको मार्मा गाउँपालिका–३ भसेमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार शनिबार राति ९ः०० बजे लटिनाथबाट शेरीतर्फ जाँदै गरेको सुपप्र ०१०-०१ च २६०४ नम्बरको जिप भैसे भन्ने स्थानमा दुर्घटना भएको हो। दुर्घटनामा परी मार्मा गाउँपालिका–६ का केशवराज जोशीको मृत्यु भएको छ भने सोही जिपका चालक माधव महरा घाइते भएका छन्।

घाइते महरालाई उपचारका लागि लटिनाथ स्वास्थ्यचौकी पठाइएको छ। चालकसहित दुईजना मात्र सवार जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij