Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

दार्चुलामा भूकम्पको धक्का

दार्चुलामा भूकम्पको धक्का

खलङ्गा :  दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ ।जिल्लाको शैल्यशिखर नगरपालिका–७ बोहरीगाउँ केन्द्रविन्दु भएर तीन दशमलव चार रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।पछिल्लो समय पश्चिम क्षेत्रमा बेला बेला भूकम्प गइरहको छ । आजको भूकम्पबाट हालसम्म क्षतिबारे कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij