काठमाडौँ : ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ ।उदयपुरको बेलका नगरपालिका वडा नम्बर ३ घर भई हाल ललितपुरको ढोलाहिटी बस्दै आएका राई हराएको १४ दिनसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि आग्रह गरेको हो ।
उनका दाई सलिनले खोजीका लागि मंसिर २३ गते नै जिल्ला प्रहरी परिसर ललितपुरमा आग्रह गरिएकामा हालसम्म पत्ता नलागेपछि कसैले देखेमा नजिकको प्रहरीलाई खबर गरिदिन वा आफूलाई सम्पर्कका लागि आग्रह गरेका छन् ।“मेरो भाई पहिलो पटक यसरी सम्पर्कविहीन भएको हो । ऊ बा प्र ०२ ०५५ प ४७५९ नं को स्कूटरसहित कसैलाई नभनी आफूखुसी हिँडेकामा हालसम्म भेटाउन सकेका छैनौँ”, राईले भने,“हामीले आफ्नो स्रोतबाट सबै ठाउँ खोजी गरिरहेका छौँ, कसैले देख्नु वा भेट्नुभएमा नजिकको प्रहरी वा मेरो मोबाइल नम्बर ९७६२४२९८९९ मा सम्पर्क गरिदिन सबैलाई आग्रह छ ।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij