Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

क्यानको महानिर्देशकबाट फिर्ता भए डंगोल, कर्णलाई निमित्तको जिम्मेवारी

क्यानको महानिर्देशकबाट फिर्ता भए डंगोल, कर्णलाई निमित्तको जिम्मेवारी

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी देव चन्द्रलाल कर्णले पाएका छन् । यसअघि क्यानका महानिर्देशकको जिम्मेवारी पाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोललाई फिर्ता बोलाएर कर्णलाई नयाँ जिम्मेवारी दिइएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाको मन्त्रीस्तरीय निर्णयबाट कर्णलाई उक्त जिम्मेवारीमा पठाएका हुन् ।

उनलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिने निर्णय बिहीबार गरिएको थियो । निर्णयको पत्र प्राप्त भएपछि शुक्रबार उनले पदभार ग्रहण गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

अहिले निलम्बित महानिर्देशक प्रदीप अधिकारीको कार्यकाल माघ १७ गतेसम्म रहेकाले सो अवधिसम्म कर्णले निमित्तको जिम्मेवारी सम्हाल्नेछन् । त्यसपछि पूर्णकालीन महानिर्देशकका लागि भने मन्त्रिपरिषद्बाट नयाँ निर्णय हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij