Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

एमालेले संशोधित विधान एक साताभित्र प्रकाशन गर्ने

एमालेले संशोधित विधान एक साताभित्र प्रकाशन गर्ने

काठमाडौं : नेकपा एमालेले एक हप्ताभित्र संशोधित विधान प्रकाशन गर्ने भएको छ । दोस्रो पिवधान महाधिवेशनबाट संशोधित र राष्ट्रिय महाधिवेशनले गरेको संशोधन समेत समावेश गरी विधान सम्पादन तथा प्रकाशन गर्ने निर्णय महासचिव शंकर पोखरेलले प्रस्ताव गरेका हुन् ।

जारी केन्द्रीय कमिटी बैठकको हलले उक्त प्रस्ताव निर्णयार्थ पेश गरेको छ । ‘पार्टीको दोस्रो विधान महाधिवेशनबाट संशोधित विधानमा राष्ट्रिय महाधिवेशनले गरेको संशोधन समेत समावेश गरी विधान सम्पादन तथा प्रकाशन गर्ने,’ महासचिव पोखरेलले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij