Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

अपाङ्गता प्रतिनिधित्व सुनिश्चित गर्न माग

अपाङ्गता प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौँ :  राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले अपाङ्गता भएका व्यक्तिको छुट्टै क्लस्टर बनाएर प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सवालमा समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ ।सङ्घका अध्यक्ष माधवप्रसाद चम्लागाईंले बिहीबार विज्ञप्तिमार्फत संविधानको मर्म र भावनाविपरीत अपाङ्गता भएका व्यक्तिहरूलाई प्रतिनिधिसभामा प्रतिनिधित्व हुनबाट वञ्चित गराउने गरी राष्ट्रिय जनगणनाका आधारमा समानुपातिक समावेशी समूहको नयाँ आधार–प्रतिशत तय गर्ने क्रममा गरिएको सिफारिस स्वीकार्य नहुने उल्लेख गरेका छन् ।

विज्ञप्तिमा २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार अपाङ्गता भएका व्यक्तिहरूको जनसङ्ख्या कम्तीमा २ दशमलव २ प्रतिशत रहेको यथार्थ हुँदाहुँदै पनि प्रतिनिधिसभामा निर्वाचित हुनेगरी अपाङ्गता कोटाबाट छुट्टै क्लस्टर निर्माण नगरिनु संविधानको मर्म र भावनाविपरीत भएको जनाइएको छ । अध्यक्ष चम्लागाईंले अपाङ्गतासम्बन्धी राजनीतिक अधिकार प्रत्यक्ष प्रतिनिधित्वबाट मात्र सुनिश्चित हुनसक्ने उल्लेख गर्दै अन्य समूहभित्र नाममात्रको समावेशीताले अपाङ्गता भएका समुदायको राजनीतिक अधिकार सुनिश्चित गर्न नसक्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट