Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव : घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु

प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव : घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु

काठमाडाैँ । जेनजी प्रतिनिधि किशोरी कार्कीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेकी छन् । बिहीबार ‘जेनजी आन्दोलनको एकसय दिनः उपलब्धी र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।

उनले जेनजी आन्दोलनकारीका माग सम्बोधन गर्दै शहीद परिवारलाई क्षतिपूर्ति दिन नसक्ने भए पद छोडेर तीर्थ यात्रामा निस्कन प्रधानमन्त्री कार्कीलाई आग्रह समेत गरिन् ।उनले देशसँग जोस, जाँगर र नेतृत्व क्षमता भएका शिक्षित युवाहरू रहेको उल्लेख गर्दै परिवर्तित समयसापेक्ष चल्न नसक्ने जोसुकैले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखिन् ।उनले सरकारले सम्झौताको नाममा काठमाडाैँ केन्द्रित आन्दोलनकारीलाई मात्रै हेरेर गाउँमा रहेका जेनजी युवाहरूलाई उपेक्षा गरेको आरोप समेत लगाइन् ।उनले भनिन्, ‘म प्रधानमन्त्रीज्यूलाई के भन्न चाहन्छु भने तपाईसँग जेन–जीका माग र शहीद परिवारलाई क्षतिपूर्ति दिनसक्ने क्षमाता छैन भने पद छोडेर गइदिनुहोस् । युवाहरु छन् हामीसँग । जोस, जाँगर भएको र देशको लागि अगाडि बढ्छु भन्ने शिक्षित युवाहरु हुनुहुन्छ । शहीद परिवार र घाइते परिवारलाई पनि म के भन्न चाहन्छु भने पटक पटक ठक्कर खाँदै गलत बाटोमा नहिँड्नुहोस् । बरु सही नेतृत्व लिएर सही बाटोमा हिड्नुस् र २१ फागुनमा आउने निर्वाचनमा तपाईहरु पनि अगाडि बढ्नुहोस् । काठमाडौंमा रहेका आन्दोलनकारीलाई मात्र जेनजी अगुवा भनेर गाउँमा रहेका जेनजीहरुलाई उपेक्षा गरिएको छ । प्रधानमन्त्रीज्युलाई म के आग्रह गर्न चाहन्छु भने यो बुढेसकालमा काम गर्न सक्नुहुन्न भने तीर्थ यात्रा जानुहोस् । यसरी घाइते र शहीद परिवारको रगतमाथि खेलवाड नगर्नुहोस् । भोलिको दिनमा आरोप झेल्नुको सट्टा सक्षम युवाहरुलाई अगाडि बढाउनुस् ।

उनले जेनजी आन्दोलनलाई भावनात्मक रुपमा लिई साइनो लगाउँदै नबस्न समेत कार्कीलाई चेतावनी दिइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट