Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

प्रधानमन्त्री कार्कीसँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट, म्याद थप गर्न आग्रह

प्रधानमन्त्री कार्कीसँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट, म्याद थप गर्न आग्रह

काठमाडौँ :  प्रधानमन्त्री सुशीला कार्कीसँग भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित आयोगका पदाधिकारीले भेट गरेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आज भएको भेटका क्रममा आयोगका पदाधिकारीले एक महिना आयोगको म्याद थप गर्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्रीसँग छलफलका लागि समय लिइएको र अर्को साता राजनीतिक दलका नेतालाई बयानका लागि बोलाइने बताए । मन्त्रिपरिषद्को असोज ५ को निर्णयअनुसार गत भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट