Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

२७औँ पोखरा सडक महोत्सव पुस १३ देखि १७ सम्म आयोजना हुने

२७औँ पोखरा सडक महोत्सव पुस १३ देखि १७ सम्म आयोजना हुने

काठमाडौँ : सत्ताइसौँ‘पोखरा सडक महोत्सव २०८२’ यही पुस १३ देखि १७ गत्तेसम्म हुने भएको छ ।

काठमाडौँमा  बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्था रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराले विगत २६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको पोखरा सडक महोत्सवलाई यस वर्ष पनि थप उत्साहका साथ आयोजना गर्न लागेको रेवान पोखरा च्याप्टरका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिनुभयो।

पर्यटन प्रबर्धनका लागी रेवानले विभिन्न खाले मेला महोत्सव आयोजना गर्दै आइरहेको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपालका केन्द्रीय अध्यक्ष संर्धष विष्टले जानकारी दिनुभयो।

आर्थिक गतिविधिलाई जलाए मान बनाउने यस किसिमका मेला महोत्सवलाई सहयोग गर्न उहाँले सबैमा अपिल समेत गर्नुभयो। महोत्सव फेवातालको किनार लेक साइडको करिब साढे तीन किलोमिटर क्षेत्रमा हुने आयोजक संस्था रेवानले जनाएको छ ।

यस वर्ष महोत्सवको मुख्य आकर्षणका रूपमा नेपालका विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक झाँकी, मौलिक भेष भूषा र परम्परागत नृत्यको प्रदर्शनी रहेको छ । सडकमै खाऔँ भन्ने नारालाई सार्थक पार्दै सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारहरूको प्रत्यक्ष स्वाद लिन पाइने व्यवस्था महोत्सवमा रहेको छ ।

यसका साथै महोत्सवमा नेपालका ख्यातिप्राप्त राष्ट्रिय कलाकारको लाइभ कन्सर्ट, मौलिक लोकदोहोरी गीत प्रस्तुति पनि हुने आयोजक संस्था रेबानले जानकारी दिएको छ । यस्तै, फेवा तालमा बोट रेस, रस्सा कस्सी र पर्यटकहरूका लागि लक्षित विशेष खेलहरू पनि महोत्सवमा मुख्य आकर्षणको रूपमा रहेको छ ।

साथै पोखराको पर्यटनका अवसर र चुनौतीबारे विज्ञसँग टकशो, पोखराको सौन्दर्य झल्काउने वृत्तचित्र प्रदर्शन र फोटो प्रदर्शनी पनि आयोजना हुने पोखरा रेबानका पूर्व अध्यक्ष नरेश भट्टराईले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट