Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

राष्ट्रिय आधारभूत विद्यालय खेतबारीको ४३ औँ बार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न

राष्ट्रिय आधारभूत विद्यालय खेतबारीको ४३ औँ बार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न

इच्छाकामना :  चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ७ खेतबारीमा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालय खेतबारीको ४३ औँ बार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोम बहादुर चेपाङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा नवनिर्मित ८ कोठे  विद्यालय भवनको समेत समुद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले भवनको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा उपाध्यक्ष माया सिलवाल,वडा नम्बर ७ का वडाध्यक्ष बम बहादुर मगर, वडा नम्बर ५ का वडाध्यक्ष  तेज बहादुर शेरचन लगायतको उपस्थिति रहनुभएको थियो ।  कार्यक्रम विद्यालयका प्रधानाध्यापक  देव बहादुर गुरुङले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट