Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवन हिमाल डेण्टलको २३औँ वर्ष प्रवेश अवसरमा विशेष दन्त शिविर

चितवन हिमाल डेण्टलको २३औँ वर्ष प्रवेश अवसरमा विशेष दन्त शिविर

भरतपुर : चितवन हिमाल डेण्टल प्रा.लि.ले २२ औँ वर्ष पूरा गरी २३ औँ वर्षमा प्रवेश गरेको अवसरमा विशेष दन्त शिविर सञ्चालन गर्ने भएको छ। कम्पनीले आफ्ना सेवाग्राही तथा शुभचिन्तकहरूको आग्रहलाई ध्यानमा राख्दै वि.सं. २०८२ पौष १ गतेदेखि १५ गतेसम्म चितवनका दुई स्थानमा दन्त शिविर आयोजना गर्न लागेको हो। शिविर शहिदचोक, नारायणगढ तथा भरतपुर शाखा (CMC अस्पताल अगाडि) सञ्चालन हुनेछ।

शिविरअन्तर्गत निःशुल्क दन्त परीक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ। साथै वरिष्ठ अर्थोडोन्टिक चिकित्सकद्वारा नमिलेका दाँत मिलाउने, गिजा सुन्निने, गिजाबाट रगत आउने, सास गन्हाउने, पुरानो दन्तहर्षको उपचार, दाँत सफा तथा टल्काउने, सिसा वा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, निकाल्ने वा फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार (RCT), दाँतमा हिरा राख्ने, अत्याधुनिक कम्प्युटर प्रविधिबाट एक्स–रे तथा दन्त प्रत्यारोपण (इम्प्लान्ट) सेवा उपलब्ध गराइनेछ।

बार्षिकोत्सवको अवसरमा पौष १ गतेदेखि १५ गतेसम्म दाँत, मुख तथा गिजासम्बन्धी सम्पूर्ण उपचार सेवामा ३० प्रतिशत छुट प्रदान गरिने चितवन हिमाल डेण्टल प्रा.लिले जनाएको छ।

चितवन हिमाल डेण्टल प्रा.लि. शहिदचोक, नारायणगढ, चितवनमा अवस्थित छ। थप जानकारीका लागि फोन नं. ०५६–४५४३७१, ०५६–४५४७४१ तथा ९८४५८६६५५० मा सम्पर्क गर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij