Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईँले बनाए समिति

सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईँले बनाए समिति

काठमाडौँ :  सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले वार्ता समिति गठन गरेको छ।अभियानले प्रेमदीप लिम्बुको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति बनाएको हो।समितिको सदस्यमा देवीप्रसाद संग्रौला र प्रेम थापा छन्।

यसअघि सरकारले पनि प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका माग सम्बाेधन गर्न समिति बनाएको थियो।प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले महाअभियानका माग सम्बाेधन गर्न आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको जानकारी आइतबार दिएको थियो।

महाअभियानले उठाएका तत्कालै सम्बोधन गर्न सकिने विषय तथा मागहरूका सम्बन्धमा वार्ता गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको संयोजकत्वमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना रहने गरी आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको हो।प्रधानमन्त्री कार्की र महाअभियानका पदाधिकारीबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरबारमा मंसिर २२ गते छलफल भएको थियो ।

छलफलमा पुस २ गते अर्को बैठक बस्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट