Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

प्रभु बैंक ठगी प्रकरण: शेयरचनसहित चार जनामाथि पाँच दिन म्याद थप

प्रभु बैंक ठगी प्रकरण: शेयरचनसहित चार जनामाथि पाँच दिन म्याद थप

काठमाडौँ : प्रभु बैंकका सिइओ अशोक शेयरचनसहित चार जनामाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको छ।सोमबार (आज) शेयरचनसहित डिसिओ मणिराज पोखरेल, सिसिओ रिवाश श्रेष्ठ र राजेन्द्र शाक्यमाथि अनुसन्धान गर्न म्याद थप भएको उच्च अदालत पाटनले जानकारी दिएको छ।

मुख्य न्यायाधीश लाल बहादुर कुवर र न्यायाधीश गिताप्रसाद तिम्सिनाको इजलासले उनीहरूमाथि म्याद थप गरेको हो।करिब १ अर्ब रुपैयाँ ठगी प्रकरणबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीका आधारमा पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनलाई कात्तिक ११ गते प्रहरीले नियन्त्रणमा लिएको थियो।सोही प्रकरणमा बैँकका प्रमुख कार्यकारी अधिकृत शेरचनसहित पोख्रेल, शाक्य र श्रेष्ठ समातिएका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट