Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरणहुँदा सेवाग्राहीलाई सहज

पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरणहुँदा सेवाग्राहीलाई सहज

तनहुँ  :  तनहुँका पालिकाबाट चालु आर्थिक वर्षको तीन महिनामा पाँच हजार ३४० राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ ।जिल्ला प्रशासन कार्यालयले यस अवधिमा १० हजार ५३६ राष्ट्रिय परिचयपत्र १० पालिकामा पठाएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । अघिल्लो आव २०८१/८२ मा ६४ हजार ६८१ राष्ट्रिय परिचयपत्र पठाइएकामा १३ हजार ५५० वितरण भएका थिए ।

चालु आवको तीन महिनामा व्यास नगरपालिकाबाट एक हजार २६५, भानु नगरपालिकाबाट एक हजार ८५१ मध्ये एक हजार ७२३, भिमाद नगरपालिकाबाट तीन सय २५ मध्ये २८, शुक्लागण्डकी नगरपालिकाबाट पाँच हजार २०० मध्ये तीन सय ४८, ऋषिङ गाउँपालिकाबाट एक हजार ६६६ मध्ये एक सय ५१, म्याग्दे गाउँपालिकाबाट दुई सय ६६, बन्दीपुर गाउँपालिकाबाट छ सय ७९, घिरिङ गाउँपालिकाबाट एक सय ९७, आँबुखैरेनी गाउँपालिकाबाट एक सय ७६, देवघाट गाउँपालिकाबाट पाँच सय सात परिचयपत्र वितरण गरिएको छ ।

तीन महिनामा प्रशासन कार्यालयमा दुई हजार ६५९ महिला र दुई हजार ७२९ पुरुष गरी पाँच हजार ३८८ जनाको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन भएको प्रजिअ अधिकारीले जानकारी दिए । सम्बन्धित स्थानीय तहबाट वितरण गर्दा सहज हुने भएकाले पालिकामा पठाएर राष्ट्रिय परिचयपत्र वितरण गरिएको प्रजिअ अधिकारीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट