Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

श्रीमती बेपत्ता भएको जाहेरी दिने श्रीमान नै हत्यारा, १९ दिनपछि पक्राउ

श्रीमती बेपत्ता भएको जाहेरी दिने श्रीमान नै हत्यारा, १९ दिनपछि पक्राउ

 काठमाडौं : श्रीमतीको हत्या गरेको आरोपमा एक श्रीमान पक्राउ परेका छन्। पक्राउ पर्नेमा संखुवासभा जिल्लाको मादी गाउँपालिका निवासी प्रेम दोर्ची शेर्पा रहेका छन्।

प्रेम दोर्चीले आफ्नी श्रीमती मिना शेर्पा बेपत्ता भएको भन्दै यसअघि प्रहरीमा जाहेरी दिएका थिए। उनले ९ मंसिरको राति करिब साढे १० बजे ओखरबोट बजारबाट घर फर्कने क्रममा श्रीमती आफूखुसी बाटोबाट हिँडेर बेपत्ता भएको दाबी गरेका थिए।

तर प्रहरी अनुसन्धानका क्रममा मिना शेर्पाको हत्या भएको खुल्न आएको छ। अनुसन्धानका क्रममा श्रीमान प्रेम दोर्चीले नै विवादपछि कुटपिट गरी श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन्।

संखुवासभा प्रहरीका सूचना अधिकारी धनबहादुर राजवंशीका अनुसार घटनाको राति बजारबाट घर फर्कँदा दुवैबीच विवाद भएको र त्यसपछि कुटपिट गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। हत्या पश्चात शवलाई त्रिपालले बेरेर खाल्डो खनेर गाडिएको पनि उनले स्वीकार गरेका छन्।

प्रहरीले हत्या गरी गाडिएको अवस्थामा शव उत्खनन गरेको छ। घटनाको १९ दिनपछि पक्राउ परेका प्रेम दोर्चीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट