Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

आज आइतबार, यस्तो छ तपाइको राशिफल

आज आइतबार, यस्तो छ तपाइको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका कार्य पुनः प्रारम्भ गर्न सकिनेछ। शत्रुहरू हार खानेछन्। स्वास्थ्य सम्बन्धी समस्याले खर्चमा वृद्धि हुनेछ। कार्य प्रारम्भ गर्नुभन्दा अघि योजनाहरू सार्वजनिक नगर्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) हत्तारमा लिएको निर्णयले कार्य बिग्रिन सक्ला। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। परिस्थिति अनुसार चल्न नसक्दा पछाडि परिनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) जोश जागरमा वृद्धि हुनेछ। पहिलाको उपलब्धिले नयाँ कार्यमा उत्साह जाग्नेछ। चिताएका कार्यहरू सम्पादन गर्न सकिएला। युक्ति पूर्ण व्यवहारले अरुको मन जित्न सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) खर्च बढ्नाले नयाँ कार्य प्रारम्भ गर्नमा बाधा आउनेछ। टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नुका साथै पायक स्थानमा भ्रमणका योग छन्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रं सेतो हो भने शुभ अंक ८ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक कार्य गर्ने अवसर मिल्नेछ। नोकरी वा पेशामा उच्च पदासीन व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। मन प्रशन्न रहनेछ। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) तत्काल लाभ नभएतापनि पछिको लागि जग बसाउने समय रहेको छ। नकारात्मक विचारबाट मुक्ति मिल्नेछ। नयाँ काम गर्ने जोश जागरमा वृद्धी हुनेछ। आजको शुभ हरियो हो भने शुभ अंक ५ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कुनै पनि कार्य अफ्ट्यारो भए पनि बुद्धिको उपयोगले सिद्ध गर्न सकिनेछ। सन्तानको प्रगतिलाई लिएर मानसिक चिन्ता रहनेछ। रचनात्मक कार्यमा मन लाग्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अरुको फाइदाको लागि उपयोगी भइनेछ। पुरुषार्थबाट मानसम्मान प्राप्त गर्न सकिएला। व्यापारमा राम्रो फाइदा हुनेछ। मेहनतले दिगो लाभ हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभचिन्तकहरूको सहयोगले अप्ठ्यारो कार्य पनि सजिलै सम्पादन गर्न सकिनेछ। स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ जिम्मेवारी मिल्नुका साथै व्यापार व्यवसायमा लाभ रहनेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। आफूभन्दा ठूलाप्रति आत्मीय भाव बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा सहयोगीहरूले सहयोग दिए पनि काममा स्वयं खटिनुपर्ला। भविष्यलाई लिएर योजना बनाउने समय रहेको छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्तहरू मध्य रमाइलो समय व्यतीत हुनेछ। सानो प्रायासले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट