Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

टुँडिखेलमा किरात समुदायले मनाए उधौली

टुँडिखेलमा किरात समुदायले मनाए उधौली

काठमाडौँ : काठमाडौँको टुँडिखेलमा किरात समुदायले परम्परागत नृत्य, वेशभूषा र सांस्कृतिक कार्यक्रमसहित साकेला उधौली पर्व मनाएका छन्।

प्रकृति, भूमिपूजा र पुर्खाप्रति कृतज्ञता व्यक्त गर्ने यो पर्व सामूहिक नाचगानमार्फत उत्साहपूर्वक मनाइन्छ।साकेला उधौली मुख्यतया किरात राई, लिम्बु, सुनुवार र याख्खा समुदायले मनाउने पर्व हो।यो पर्व बाली भित्र्याएपछि, प्रकृतिप्रति धन्यवाद दिन, भूमिपूजा गर्न र पुर्खाको सम्मानस्वरूप मनाइन्छ। उधौलीले जाडो मौसम सुरु भई मानिसहरू तलतिर बसाइँ सर्ने समयलाई पनि संकेत गर्छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट