Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

कार र ट्रक एकआपसमा ठोक्किँदा एकको मृत्यु, दुई घाइते

कार र ट्रक एकआपसमा ठोक्किँदा एकको मृत्यु, दुई घाइते

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका –४ स्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको छ । चन्द्रपुर नगरपालिका –४ स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिम तर्फको पहिलो लच्का नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक विपरीत दिशातर्फ आउँदै गरेको बा ३ च ६१९३ नम्बरको कार ओभर ट्रयाक गर्ने क्रममा ट्रकमा ठोक्किएको हो ।

दुर्घटनामा कारमा सवार बारा निजगढ नगरपालिका –३ सिगौलका ७९ वर्षीय भक्तबहादुर खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुंगले जानकारी दिनुभयो ।

दुर्घटनामा कार चालक बारा निजगढका दिनेश थपलिया र कारमा सवार रौतहट चन्द्रपुर –६ का २० वर्षीय डोरमणि सापकोटा घाइते भएको उहाँले बताउनुभयो । घाइते दुवै जनाको उपचार चन्द्रनिगाहपुरमा रहेको सिभिल अस्पतालमा भइरहेको र अवस्था सामान्य भएको उहाँले जानकारी दिनुभयो ।

कार, ट्रक र ट्रक चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका –७ का ५३ वर्षीय श्यामबहादुर तितुङ नियन्त्रणमा रहेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट