पर्सा : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनको बलमा बनेको सरकारले जेनजीका माग र आकाङ्क्षालाई पूरा गर्ने बताए। आज यहाँ आयोजित एक कार्यक्रमबीच मन्त्री घिसिङले वर्तमान सरकारले मुलुकभरका युवाको मागलाई संस्थागत गर्नेगरी काम अघि बढाइरहेको बताए।“युवा शक्तिलाई सबै क्षेत्रमा नेतृत्व हुनेगरी अघि बढाउनुपर्ने हुन्छ। युवा शक्तिको हरेक क्षेत्रमा उत्तिकै आवश्यकता भएकाले पनि राजनीतिमा युवा आउन जरुरी छ”, उनले भने।
मन्त्री घिसिङले जेनजी आन्दोलनपछिको परिवर्तनलाई संस्थागत गर्न र सुरक्षित रुपमा अवतरण गराउन सही र सक्षम नेतृत्व छनोट गर्न पनि आह्वान गरे।“तोकिएकै मितिमा चुनाव सम्पन्न गर्न सरकारले आवश्यक तयारी गरिरहेको छ, विषम परिस्थितिमा हुन लागेको चुनावपछिको नेतृत्व कस्तो आउँछ त्यतातर्फ गम्भीर भएर सोच्नुपर्ने अवस्था छ”, उनले भने, “भ्रष्टाचार नियन्त्रण, प्रभावकारी सेवा प्रवाह, सुशासनजस्ता आन्दोलनको म्याण्डेट पूरा गर्न सक्षम र विश्वासिलो नेतृत्व चुन्नुपर्ने आवश्यकता छ।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij