Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

युएन पार्कनजिक पाँचवटा गाडी ठोक्कियो, एकजनाको मृत्यु

युएन पार्कनजिक पाँचवटा गाडी ठोक्कियो, एकजनाको मृत्यु

काठमाडौँ : ललितपुरको शंखमुलस्थित युएन पार्क नजिकै आज बिहान भएको गम्भीर सवारी दुर्घटनामा ४५ वर्षीय स्कुटर चालक राजिव सिन्हाको मृत्यु भएको छ। सिन्हा सवार स्कुटरलाई एक इभी भ्यानले पछाडिबाट ठक्कर दिँदा गम्भीर घाइते भएका उनको नर्भिक अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको महानगरीय ट्राफिक प्रहरीले पुष्टि गरेको छ।

मृतक राजिव सिन्हा सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता, सर्वोच्चका पूर्व न्यायाधीश, तथा हालका कानुन, न्याय तथा उद्योग मन्त्री अनिल सिन्हाका फुपूका छोरा भएको प्रहरीले जनाएको छ। उनी मूलतः रौतहटको ब्रम्हपुरीका बासिन्दा थिए।

घटनापछि २० वर्षे भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ। दुर्घटना कसरी भयो भन्ने विषयमा ट्राफिक टोलीले सिसिटीभी फुटेज, प्रत्यक्षदर्शी बयान र भ्यानको प्राविधिक परीक्षणमार्फत थप तथ्य संकलन गरिरहेको बताइएको छ।ट्राफिक प्रहरीले यस्ता दुर्घटनामा तीव्र गति, अनियन्त्रित लेन परिवर्तन र राति/बिहानको कम दृश्यताजस्ता कारण प्रमुख रूपमा देखिने बताउँदै सडक सुरक्षामा सबैलाई जिम्मेवार हुन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट