Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ :  कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यक्ष नाथसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सब–इन्जिनियर जय कुँवर र असिस्टेन्ट सब–इन्जिनियर तेजबहादुर सुनारविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूले एकआपसमा मिलेमतो गरी निर्माण नै नगरेको जग्गामा घर छ भनी नक्सा अभिलेखीकरण तथा घर प्रमाणित गर्ने लगायतका गलत कागजात तयार पार्न लगाउने काम गरेको पाइएपछि मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट