Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

चौधरी र किराँतीलाई नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको प्रतिभा सम्मान

चौधरी र किराँतीलाई नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको प्रतिभा सम्मान

काठमाडौँ : नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नेपालका दुई जना साहित्यकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा नेपाली र मैथिली साहित्यमा कलम चलाउँदै आएकी पत्रकार विजेता चौधरी र अग्रज कवि जसराज किराँतीलाई नगद राशि एक–एक लाखसहित सम्मान गरेको छ ।

चौधरीलाई प्रतिभा पुरस्कार र किराँतीलाई प्रतिभा विशिष्ट सम्मान प्रदान गरेको छ । दुवै जनालाई कार्यक्रमका प्रमुख अतिथि वैरागी काइँलाले प्रदान गरेका थिए । प्रमुख अतिथि काइँलाले प्रवासमा स्थापित यस संस्थाले नेपाली भाषा, साहित्य र कला संस्कृतिका क्षेत्रमा दिएको योगदानको प्रशंसा गरे ।

वरिष्ठ साहित्यकार किराँतीलाई साहित्यमा भुइँमानिसको पीडालाई सम्बोधन गर्ने व्यक्ति तथा चौधरीलाई मधेसी समाजको जीवन र संवेदनालाई उजार गर्ने प्रतिभाको रूपमा उनले प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट