Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

देशभर छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशभर छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ : देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी बुधबार राति तीन जनाको मृत्यु भएको छ। काभ्रेको पनौती नगरपालिका–५, आईटीपार्कस्थित सडकमा बा.प्र.०२–०१७ प ०४०६ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा बाँके नेपालगञ्ज घर भएका १८ वर्षीय सुदिप खत्रीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो। रोकी राखेको बा.२ क ७३५० नम्बरको टिपरमा मोटरसाइकल ठोक्किएपछि अनियन्त्रित भई बा.प्र.०१–००६ ख २२१७ नम्बरको अर्को टिपरमुनि छिरेर दुर्घटना भएको थियो। प्रहरीले दुवै टिपरका चालकलाई नियन्त्रणमा लिएको छ। यता, बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहिस्थित सडकमा मधेस प्रदेश–०३–०२७ प ३७८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका–५ बकुलिया बस्ने ३३ वर्षीय विनय चौधरीको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको बयोधा अस्पताल पर्सामा उपचारको क्रममा मृत्यु भएको हो। यस दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। यसैगरी, सिराहा नगरपालिका–१६ माडरगाउँस्थित सडकमा स.७ प २५५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २८ वर्षीय तेज नारायण यादवको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीले सबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट