Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

दाङ बस दुर्घटनाका सबै घाइते डिस्चार्ज, चालक प्रहरी नियन्त्रणमा

दाङ बस दुर्घटनाका सबै घाइते डिस्चार्ज, चालक प्रहरी नियन्त्रणमा

दाङ : दाङमा भएको बस दुर्घटनामा परी घाइते भएका सबै २२ जना यात्रुहरू प्राथमिक उपचारपछि डिस्चार्ज भएका छन्। वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेका अनुसार बिहान भएको दुर्घटनामा २२ जना यात्रु घाइते भएका थिए । सबैलाई लमही अस्पतालमा प्राथमिक उपचार गरेपछि घर पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खसेको थियो । दुर्घटनापछि बस चालक, डडेल्धुराको अमरगढी–७ का ३६ वर्षीय राजेन्द्र कैनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते यात्रुहरूमा डडेल्धुरा, कैलाली, बैतडी र प्युठानलगायत विभिन्न स्थानका बासिन्दा रहेका थिए।

प्रहरीले दुर्घटनाको कारण प्राविधिक समस्या हुन सक्ने अनुमान गरेको छ। बसको पत्ता भाँचिएको भन्दै बस चालकले प्रहरी समक्ष बयान दिएका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट