काठमाडौं : श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शूल्क तीन हजार बढाएको छ।
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सयबाट ९ हजार पाँच सय रुपैयाँ पुऱ्याइएको छ। प्रधानमन्त्री सुशीला कार्कीले सम्हालेको मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग अहिले जेनजी पुस्ता असन्तुष्ट छ भने सचिव कृष्णहरि पुष्कर कर्णको भूमिका लिएर पश्न उठाएका छन्।
‘जेन–जी’ आन्दोलनको जगमा बनेको सरकार त्यसमाथि पनि प्रधानमन्त्री सुशीला कार्कीले नै नेतृत्व गरेको मन्त्रालय ‘श्रमिकमारा’ काममा लागेपछि ‘जेन–जी’हरू क्रुद्ध बनेका हुन्।
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बुद्धि गर्दा श्रम सचिव कर्णसहितका कर्मचारी घूस खाएको उनीहरुको रोप छ। उक्त सार्वजनिक आरोप सुदन गुरुङ समूहकी जेन–जी अगुवा सुप्रिया शाहीले लगाएकी छिन्।
जेन–जी अगुवा शाही भन्छिन्, ‘उहाँहरूले ५–६ करोड रुपैयाँ पैसा खाएर नै स्वास्थ्य परीक्षण शुल्क बृद्धि गराएको जानकारी र प्रमाण प्राप्त भएको छ। यो प्रकारको क्रियाकलाप गर्ने मन्त्रालयविरूद्ध उत्रिन हामी बाध्य भएका छौं।’
वैदेशिक रोजगार व्यवसायी संघले पनि वृद्धि भएको उक्त स्वास्थ्य परीक्षण शुल्क फिर्ता लिन माग गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij